arrow
ADVERTISEMENT

उपसभामुखको विषयमा निर्णय गर्न माओवादीले बोलायो संसदीय दलको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २८ शुक्रबार
maobadi-kendra-maoist-centre.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे बस्ने गरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ ।

बैठकमा प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा रानाको विषयसहित संवैधानिक परिषदको बैठकमा माओवादीको अडान तथा सहकारी ठगी प्रकरणमा बनेको संसदी विशेष समितिले सार्वजनिक गर्न लागेको प्रतिवेदनको बारेमा संसद्मा माओवादीको भूमिकाबारे छलफल हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ