arrow
ADVERTISEMENT

छब्बीस महिना बितिसक्दा पनि एन्फाले दिएन प्रादेशिक संरचना, पुनः ७ दिनको समय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २९ शनिबार
anfa-logo-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो प्रदेशिक संरचना निर्माणबारे ७ दिनभित्र राखेपमा पेश गर्न पुनः पत्रचार गरेको छ । 

राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका संयोजक टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

एन्फाले २०७९ असार १५ गतेसम्म प्रदेश संरचना निर्माण गरी राखेपमा पेश गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म पटक–पटक पत्रचार गर्दा पनि पेश गरेको छैन । 

२०७९ असार १५ गतेसम्म प्रदेश संरचना निर्माण गरी पेश गर्ने प्रतिबद्धता अनुरुप राखेपले एन्फालाई २०७९ जेठ ३० गते साधारण सभा तथा निर्वाचन गर्न स्वीकृति दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ