arrow
ADVERTISEMENT

डीएलए कास्कीको अध्यक्षमा पौडेल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
kamal-poudel-dla-kaski.jpg

पोखरा । प्रजातन्त्रवादी कानून व्यवसायीहरुको छाता संस्था डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) कास्कीको अध्यक्षमा कमल पौडेल विजयी भएका छन् ।

डीएलए कास्कीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी शिवराज वाग्लेलाई २८ मत अन्तरले पराजित गर्दै पौडेल विजयी भएका हुन् ।

पौडेलले एक सय २८ मत प्राप्त गर्दा वाग्लेले एक सय मतमात्र प्राप्त गरे ।

उपाध्यक्षमा माधवी पाण्डेलाई पराजित गर्दै कृष्णकुमारी गुरुङ विजयी भइन् । गुरुङले एक सय ३१ मत र पाण्डेले ९८ मत प्राप्त गरिन् ।

यस्तै सचिवमा सन्तोष अधिकारीलाई पराजित गर्दैै सन्तोषमणि लामिछाने विजयी भए । लामिछानेले एक सय ३५ र अधिकारीले ९० मत प्राप्त गरे ।

कोषाध्यक्षमा विनोद पौडेल विजयी भए । उनले गीता लामिछानेलाई २५ मतको अन्तरले पराजित गरेका हुन् । पौडेलले एक सय २५ र लामिछानेले एक सय मत प्राप्त गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ