arrow
ADVERTISEMENT

संसद बैठक बस्दै, माओवादी केन्द्रले के गर्ला ? 

राष्ट्रियसभामा अर्थमन्त्रीले जवाफ दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ।  आज दुवै सदनको बैठक आज बस्दै छ । संसद्मा ‘हिंसा’भन्ने शब्द संसद्को अभिलेखबाट हटाउनु नपर्ने सभामुख देवराज घिमिरेले  जानकारी गराएपछि   माओवादी केन्द्रले संसद अवरोध गरेको थियो । 

 भदौ २६ गते बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सांसद  योगेशकुमार  भट्टराईले भाद्र १२ गते बोलेको हिंसा भन्ने शब्द असंसदीय नभएको ठहर भएको बताए । त्यसपछि माओवादीले आपत्ति जनाउँदै बैठक स्थगित भएको थियो । त्यससँगै सभाको बैठक आज बस्न लागेको हो । 

यता माओवादी केन्द्रले संसद अवरोध जारी राख्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसद अवरोध सही भएकाले जारी रहने निर्णय गरेको छ । माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्धलाई हिंसाको रूपमा अपमानित गरिएकाले हिंसा शब्द संसद्को रेकर्डबाट नहटाएसम्म संसद अवरोध जारी रहने जनाएको छ ।  

आज संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ । 

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आव २०७९-८०’ पेस गर्ने र सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने लयातका कार्यसूची छन् । तर माओवादी केन्द्रले  संसद अवरोध जारी राख्ने निर्णय गरेसँगै आजको संसद बस्नेमा शङ्कै छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ