arrow
ADVERTISEMENT

प्रिमियर लिगमा पहेँलो कार्डको कीर्तिमान, एउटै खेलमा १४ कार्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
chelsea-bournmouth-24.jpg

काठमाडौँ । चेल्सीले इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत बर्नमाउथलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा चेल्सीले बर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा खेलको ८६औँ मिनेटमा क्रिस्टोफर एनकुनकुले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस गोलका लागि आफ्नो डेब्यु खेल खेलेका जार्डन सान्चोले असिस्ट गरेका थिए ।

यस खेलमा प्रिमियर लिगको पहेलो कार्डको नयाँ कीर्तिमान समेत बनेको छ । यस खेलमा कुल १४ पहेलो कार्ड देखाइएको थियो । जसमा चेल्सीका खेलाडीलाई ८ र बर्नमाउथका ६ खेलाडीलाई पहेलो कार्ड देखाइएको थियो । 

यसअघि प्रिमियर लिगमा १३ पहेलो कार्डको कीर्तिमान रहेको थियो, जुन गत सिजनमा टोटनह्याम र शेफिल्ड युनाइटेडबीच देखाइएको थियो ।

यो चेल्सीको यस सिजनमा दोस्रो जित हो । ४ खेलमा २ जित, एक बराबरी र एक हार बेहोरेको चेल्सीको ७ अंक भएको छ । त्यस्तै बर्नमाउथको भने ४ खेलमा ५ अंक रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ