arrow
ADVERTISEMENT

एम्बाप्पेले देखाउन थाले जादू, रियाल मड्रिड विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
mbappe-24-9-15.jpg

काठमाडौँ । स्पेनिश ला लिगा फुटबल अन्तर्गत रियाल मड्रिडले रियाल सोसिडाडलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा रियाल मड्रिडले रियाल सिसिडाडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

रियाल मड्रिडको जितमा भिनिसियस जुनियर र केलियन एम्बाप्पेले एक एक गोल गरेका थिए । दुवै गोल पेनाल्टीबाट भएका थिए । फ्रेन्च खेलाडी एम्बाप्पे यसै सिजन फ्रेन्च क्बल पीएसजीबाट रियाल मड्रिड आएका हुन् । 

यो जितपछि रियाल मड्रिडको ५ खेलमा ११ अंक भएको छ र लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै रियाल सोसिडाडको भने यस सिजनमा यो तेस्रो हार हो । ५ खेलमा ४ अंक रहेको सोसिडाड १६औं स्थानमा झरेको छ ।
       



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ