arrow
ADVERTISEMENT

नारायणी अस्पतालमा एमआरआई सेवा पुनः सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
narayani-hospital-birganj.jpg

पर्सा । वीरगञ्जको नारायणी अस्पतालको एमआरआई सेवा आइतबारदेखि सञ्चालनमा आएको छ । 

‘सफ्टवेयर’ समस्याका कारण गत वैशाख १४ गतेदेखि बन्द रहेको सेवा सञ्चालनमा आएपछि महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा एमआरआई गराउनुपर्ने बाध्यताबाट बिरामीले उन्मुक्ति पाएका छन् ।

बजारभन्दा करिब ३० प्रतिशत सस्तो मूल्यमा सेवा दिँदै आएको यस अस्पतालको सेवा बन्द भएपछि दैनिक १० देखि १२ जना बिरामीलाई निजी स्वास्थ्य संस्थामा पठाउनुपर्ने बाध्यता रहेकामा सो समस्या समाधान भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ऐनामलु हकले जानकारी दिए । 

उनले सेवा सञ्चालन भएपछि मधेस प्रदेशका पाँच जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट उपचारका लागि आउने मस्तिष्क तथा मेरुदण्डका बिरामीको समय र खर्च जोगिने विश्वास व्यक्त गरे ।

“अस्पतालमा रहेको ‘७२ च्यानलको थ्री टेस्ला एमआरआई मेसिन’बाट एक दिनमा १० देखि १२ जनालाई सेवा प्रदान गर्न सकिन्छ । यस विशिष्टीकृत सेवाबाट सबैभन्दा बढी गरिब, असहाय र स्वास्थ्य बिमा धारकलाई लाभ हुनेछ”, मेसु हकले बताए ।

बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी र सीमावती भारतीय सहरबाट दैनिक एक हजारभन्दा बढी बिरामी नारायाणी अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ