arrow
ADVERTISEMENT

पहिरोले डुम्रे-बेँसीसहर अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
dumre-besisahar.JPG

लमजुङ । अविरल वर्षापछि पहिरो जाँदा डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ ।

आइतबार साँझ यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका-१ उदीपुरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले पानी परिरहेको र सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरोले सडक अवरुद्ध भएको बताए ।

सोही स्थानमा रहेको उदीपुर बजारको बीच भागबाट बग्ने ठाडो खोलामा समेत ढुङ्गा माटोसहितको बाढी आउँदा यात्रु गन्तव्यतर्फ जान नसकेका उनको भनाइ छ ।

यात्रु तथा बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष नन्दलाल श्रेष्ठले पहिरोले बाटोमै अलपत्र परेको बताए ।

“पानी परिरहेको छ, पहिरो गएको स्थान पनि जोखिमपूर्ण स्थानमा रहेकाले थप समस्यामा छौँ”, उनले भने ।

यस सडक हुँदै बेँसीसहरबाट तनहुँ, पोखरा, काठमाडौँलगायत स्थानमा जाने र आउने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ