arrow
ADVERTISEMENT

मृतक मजदुरका परिवारलाई ३० लाख क्षतिपूर्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
tanahun_hydro.jpg
फाइल तस्बिर

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरेको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका-१ निवासी मृतक ३८ वर्षीय रामकुमार थारुको परिवारलाई क्षतिपूर्ति वापत रु ३० लाख उपलब्ध गराएको हो ।

आयोजनाअन्तर्गत सिनो हाइड्रोमा काम गर्ने सिलसिलामा प्लाइउडले लागेर २० मिटर तल खखेर थारु घाइते भएका थिए ।

थारुको उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ