arrow
ADVERTISEMENT

आर्सनल दोस्रो स्थानमा, चौथो चरणको समाप्तिसम्म को कहाँ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
arsenal-24-9-15.jpg

काठमाडौँ । आर्सनलले इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत टोटनह्याम हट्सपरलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले टोटनह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा खेलको ६४औँ मिनेटमा गाब्रियल मागलहाएजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो यस सिजनमा आर्सनलको तेस्रो जित हो । ४ खेलमा आर्सनलको १० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी टोटनह्यामको भने यस सिजनमा यो दोस्रो हार हो । टोटनह्यामको ४ खेलमा ४ अंक रहेको छ र लिगमा १३औं स्थानमा झरेको छ ।

गएरातिको अर्को खेलमा न्यूकासल युनाइटेडले वुल्भ्सलाई २–१ ले हराएको छ । 

चौथो चरणको समाप्तिसम्म म्यानचेस्टटर सिटी १२ अंकसहित पहिलो, आर्सनल १० अंकसहित दोस्रो तथा न्यूकासल १० अंकसहित तेस्रो स्थानमा रहेको छ । 

९ अंकसहित लिभरपुल चौथो तथा एस्टनभिल्ला पाँचौँ स्थानमा रहेको छ । ८ अंकबाट ब्राइटन र नटिंघम फरेस्ट छैटौँ र सातौँ स्थानमा रहेका छन् । 

सात अंकबाट चेल्सी आठौँ तथा छ अंकसहित ब्रेन्टफोर्ड नवौँ, म्यानचेस्टर युनाइटेड दशौँ स्थानमा छ । 

अंकविहीन साउथह्याम्टन र एभर्टन पुछारमा छन् । 


         



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ