arrow
ADVERTISEMENT

यमलको दुई गोलले जिरोनामाथि बार्सिलोनाको शानदार जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
barcelona-24-9-16.jpg

काठमाडौँ । स्पेनिश ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले जिरोनामाथि शानदार जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले जिरोनालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लामिन यमलले २ गोल गरेका थिए । त्यस्तै डानी ओल्मो र पेड्रीले एक एक गोल गरेका थिए । त्यसैगरी जिरोनाका लागि क्रिस्टियन स्टुआनीले एक गोल गरेका थिए ।

यस खेलमा खेलको ८६औँ मिनेटमा फेरान टोरेजले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि बार्सिलोनाले ला लिगामा लगातार पाँचौं जित हासिल गरेको छ । बार्सिलोनाको ५ खेलमा १५ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यसैगरी जिरोनाको ५ खेलमा ७ अंक रहेको छ र सातौँ स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ