arrow

जन्मोत्सवमा ४ सय २३ जनाले गरे रक्तदान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
blood-donation-manav-dharma-2081.jpg

काठमाडौँ । मानव धर्मका प्रणेता श्री सतपाल जी महाराजको ७४ औँ जन्मोत्सवको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले देशभरि रक्तदान कार्यक्रम गरेको छ । देशका विभिन्न ८ स्थानमा भएको रक्तदानका कार्यक्रममा ४ सय २३ जनाले रक्तदान गरेका छन् । 

‘रक्तदान, जीवनदान’ भन्ने मूल नाराका साथ समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा नारायणी क्षेत्र आश्रममा एक सय पाँच जनाले रक्तदान गरेका छन् । त्यसै गरी बागमती क्षेत्र आश्रममा एक सय जना, लुम्बिनी क्षेत्र आश्रममा ८४ जना, भेरी क्षेत्र आश्रममा ५८ जना तथा सेती क्षेत्र आश्रममा १४ जना रक्तदान कार्यक्रममा सहभागी भएका थिए । 

विज्ञानले सबै कुराका आविष्कार गरे पनि रगतको अभाव पुरा गर्ने वैकल्पिक उपाय निकाल्न सकेको छैन । रगत अभाव भएकाहरूलाई बचाउने एक मात्र उपाय नै रक्तदान हो । यही भएर रक्तदान कार्यक्रमलाई प्राथमिकतामा राखेर बेला बेलामा समितिले रक्तदान कार्यक्रम गर्दै आएको समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले बताइन् ।
 
हिमाल रक्तसञ्चार केन्द्रका प्रमुख किरण योगीका अनुसार नेपालमा प्रायजसो रगतको अभाव भइरहने र रगतको अभावलाई पुरा गर्न नेपाल मानव धर्म सेवा समितिले उल्लेख्य भूमिका खेल्दै आएको छ । उनले भने, ‘समितिमा पुरुषको तुलनामा महिलाहरूको उपस्थिति राम्रो हुने गरेको छ । यसले हामीलाई संस्थासँग मिलेर कार्य गर्न धेरै उत्साह मिल्ने गरेको छ ।’ समिति आध्यात्मिक संस्था हुनुको साथै सामाजिक क्षेत्रमा पनि अग्र स्थानमा रहँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ