arrow
ADVERTISEMENT

सभामुखले बोलाए कार्य व्यवस्था परामर्श समितिको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
devi-ghimire-speaker-parliament.jpg

काठमाडौँ। सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।  सभामुख घिमिरेले बैठक आज दिउँसो १२:४५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेगरि बोलाएका हुन्।

बैठकमा हिउँदे अधिवेशन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारले सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ।

यस अघि आइतबारको बैठक माओवादी केन्द्रले संसद्को अवरोध गर्ने अडान नछोडेपछि बस्दै नबसी स्थगित भएको थियो।

गत बुधवार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसद्मा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको 'हिंसा' शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद् अवरुद्ध गरेको थियो । अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसद्को अवरोध कायम राख्ने बताएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ