arrow
ADVERTISEMENT

प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
devraj-05-18.jpg

काठमाडौँ । प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधि सभाको चालु चौथो अधिवेशन सोमबार(आज) राति १२ बजेदेखि अन्त्य हुने भएको हो । 

आजको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए ।

सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो(आइतबार) राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसद्लाई पठाएका थिए । 

राष्ट्रपतिले पठाएको सो पत्र पढ्दै सभामुख घिमिरेले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ