arrow
ADVERTISEMENT

गण्डकी प्रेस रजिस्ट्रारमा भण्डारीः भित्र शपथ, बाहिर विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
press-pokhara-81-5-31.jpg

पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले शपथ लिएकी छिन् । छनोट समितिले तीन जनालाई सिफारिस गरेकामा मन्त्रिपरिषद्ले भण्डारीलाई रोजेको हो ।

शीर्ष तीनमा कास्की पत्रकार महासंघकी अध्यक्ष भण्डारीसँगै अढाई दशक पत्रकारितासँगै क्याम्पसमा प्राध्यापन गर्दै आएका संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइराला रहेका थिए । त्यस्तै तेस्रो प्रतिस्पर्धीमा विभिन्न मिडियामा कार्यरत रही क्याम्पसमा प्राध्यापन गर्दै आएका भानु पराजुली रहेका थिए ।

भण्डारीले सोमबार मुख्यमन्त्रीको कार्यालयमा शपथ लिँदा भने मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका १८ जना क्रियाशील पत्रकारले भण्डारीको विरोधमा प्रदर्शन गरेका हुन् । क्रियाशील पत्रकार समूहले ‘पत्रकारलाई अन्याय गर्नेलाई प्रेस रजिष्ट्रार उपहार !' प्लेकार्ड देखाएर भण्डारीको विरोध गरेका हुन् ।

पत्रकार महासंघले भदौ २९ गते निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो । अन्तिम नामावलीमा कास्की शाखाले छनोट गरी गण्डकी प्रदेश कार्यालय पठाएकोमा प्रदेश कार्यालयले समेत उक्त नाम अनुमोदन गरेर पठाएपछि पनि केन्द्रले सबैको नाम नसमेटेकोमा भण्डारीको चर्को विरोध भइरहेको छ । 

३२ भन्दा बढी पत्रकार महासंघ जिल्ला शाखाले नै क्रियाशील पत्रकारलाई समेट्न माग गर्दै संयुक्त विज्ञप्ति निकालेका छन् । तर कास्की शाखाकी अध्यक्ष भण्डारीले सदस्यता वितरणमा राजनीतिकरण गर्दै मौनता साधेको, पत्रकार महासंघमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी बोलाएर आन्दोलन तुहाउन खोजेको आरोप समूहको छ । 

डेढ वर्षअघि सदस्यता आह्वान गर्दा ९३ जनाको आवेदन परेकोमा कास्की शाखाले क्रियाशील १८ जना मात्र छनोट भई प्रदेश समिति हुँदै केन्द्रमा पठाइएको थियो । 

आन्दोलनकारीले अहिले फेरि आफूहरुको आन्दोलन र मागलाई कमजोर ठानेर जुन तरिकाले नाम प्रकाशन भएको छ यसमा सहमति नभएको जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ