arrow

इन्द्रजात्रा समारोहमा बालेनको तस्बिर अङ्कित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १ मंगलबार
indra-jatra-balen-2081-tshirts.jpg

काठमाडौँ। इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बिर अङ्कित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई  समारोह स्थलबाट निकालिएको छ।

प्रहरीले उनीहरूलाई समारोह स्थलबाट निकालेको हो। प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने यस समारोहमा उनको विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरूलाई हटाएको बुझिएको छ।

काठमाडौँ महानगरले  इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशेष समारोहमा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने गर्दछ। अघिल्लो वर्षको कार्यक्रममा राष्ट्रपति प्रधानमन्त्रीको उपस्थिति युवायुवतीहरूले बालेनको जयजयकार गरेका थिए।

यसपालि भने बालेनको उपस्थिति निश्चित रहेको छैन। उनी भारत गएकाले आज यस कार्यक्रममा उपस्थिति अनिश्चित बनेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ