arrow

रवि लक्षित कमल थापाको टिप्पणी : 'क्लिन चिट' पायो होइन, कारबाहीको सिफारिस भयो !

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १ मंगलबार
kamal-thapa-rpp-nepal-president.jpg
तस्बिर : फाइल

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रास्वपा अध्यक्ष रवि लामिछानेले 'क्लिन चिट' नपाएर कारबाहीको सिफारिस भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले कन्ली चिट पाएको भन्दै जनताको आँखामा  छारो हाल्ने काम भएको उल्लेख गरेका छन्।

साथै उनले प्रमुख दलका नेता कार्यकर्ताहरूकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारेको आरोप समेत लगाएका छन्। 

उनले भने : 'क्लिन चिट' पायो ! होइन, कारबाहीको सिफारिस भयो ! यो जनताको आँखामा छारो हाल्ने काम हो। सत्य के हो भने, प्रमुख दलका नेता कार्यकर्ताहरूकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारे। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त नपारेसम्म यस्तो भइरहन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ