arrow

हिन्दू संस्कृतिमा श्रमिकप्रतिको सम्मान: विश्वकर्मा पूजा विषयक विशेष छलफल सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १ मंगलबार
rastriya-ekata-81-6-1.jpg

काठमाडौँ । राष्ट्रिय एकता अभियानको केन्द्रीय कार्यालयमा विश्वकर्मा पूजाको अवसरमा श्रमिकहरूको सम्मान र हिन्दू संस्कृतिमा श्रमिकको महत्वलाई उजागर गर्ने उद्देश्यले एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रमका प्रमुख वक्ता एवं पूर्व प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले विश्वकर्मा पूजाको सांस्कृतिक महत्व र श्रमिक दिवससँग यसको सम्बन्धबारे विशेष जोड दिए । 

सुवेदीले आफ्नो मन्तव्यमा भने, “हिन्दू संस्कृतिमा श्रमिकको सम्मानलाई अत्यधिक महत्त्व दिइएको छ, जसको प्रत्यक्ष उदाहरण भगवान् विश्वकर्मा हुन् । भगवान् विश्वकर्मा श्रमिकको प्रतीक हुन्, र यसैले विश्वकर्मा पूजा वास्तवमा श्रमिक पूजाको नै स्वरूप हो । हाम्रो सांस्कृतिक मान्यतामा श्रमिकका रुपमा भगवानको पूजा हुने गर्वको विषय हो । तथापि सांस्कृतिक अतिक्रमणको प्रभावस्वरूप हामीले पश्चिमी मान्यता अनुरूपको मई दिवसलाई अपनाउनुपर्ने बाध्यता छ, जुन दुर्भाग्यको कुरा हो। यसलाई परिवर्तन गर्दै, हाम्रो संस्कृतिमा आधारित श्रमिक दिवसको प्रचार-प्रसार गर्नु आवश्यक छ ।”

कार्यक्रममा अभियानका वरिष्ठ नेता माननीय बिपी यादवले पनि आफ्नो विचार राख्दै हिन्दू संस्कृतिमा श्रमिकको योगदानलाई उजागर गर्नका लागि विश्वकर्मा पूजाको महत्त्वलाई अझै गहिरो ढंगले बुझ्नुपर्ने आवश्यकता औंल्याए । 

कार्यक्रमका अन्त्यमा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले विश्वकर्मा पूजालाई श्रमिक पूजा का रुपमा मनाउने परम्परालाई प्रबर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले अभियानको तर्फबाट आगामी वर्षदेखि यस पर्वको प्रचार-प्रसारलाई व्यापक रूपमा गर्ने योजना रहेको जानकारी दिए । कार्यक्रमको संचालन अभियानका युवा नेता दिवस पटेलले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ