arrow

पथरी शनिश्चरे गोल्डकप असोज ५ देखि, भारतीयसहित आठ टीमबीच भिडन्त

logo
रामकुमार परियार, 
प्रकाशित २०८१ असोज १ मंगलबार
pathari-sanischare-goldcup-.jpg

मोरङ । मोरङको पथरीमा संचालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकपमा ए डिभिजन राष्ट्रिय लिग खेल्ने संंकटा फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लबसहित ८ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आयोजक पथरी ११ फुटबल क्लबले पथरीमा पत्रकार सम्मेलन गर्दै गोल्डकपमा दुई ए डिभिजन क्लबसहित एक भारतीय क्लबले सहभागीता जनाउने जानकारी दिएका हुन् । 

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ असोज ५ गतेदेखि १२ गतेसम्म संचालन हुने गोल्डकप प्रस्तावित पथरी शनिश्चरे रंगशालामा संचालन हुनेछ ।  गोल्डकपलाई इन्ट्रा फाउन्डेसनले मुख्य प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा संकटा क्लब, ब्रिगेड ब्वाइस क्लब, भारतीय क्लब यूकेएफसी, झापा ११, पाँचथर क्लब, सहलेस फुटबल क्लब सिराहा, धरान सिटी क्लब र आयोजक पथरी ११ ले प्रतिस्पर्धा गर्ने भएका छन् ।  

पत्रकार सम्मेलनमा बोल्दै आयोजक पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन विकले खेलको माध्यमबाट पथरीशनिश्चरेलाई विश्व माझ चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् भने उपविजेताले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने विकले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ