arrow

एम्बाप्पेले बलियो रियाल मड्रिडको च्याम्पियन्स लिगमा विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २ बुधबार
mbappe-real-madrid-24-9-17.jpg

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनिश क्लब रियाल मड्रिडले विजयी शुरुआत गरेको छ । गएराति सम्पन्न खेलमा रियाल मड्रिडले जर्मन क्लब भीएफबी स्टुट्टगार्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

रियालको जितमा केलियन एम्बाप्पे, एन्टोनियो रुडिगेर र एन्ड्रिकले एक एक गोल गरेका हुन् । त्यस्तै स्टुट्टगार्टका लागि डेनिज उनडाभके एक गोल गरेका थिए ।

एम्बाप्पे आएपछि बलियो भएको रियाल मड्रिडले अब च्याम्पियन्स लिगमा अर्को खेल अक्टोबर ३ मा फ्रेन्च क्लब लिलीसँग खेल्ने तालिका रहेको छ । त्यस्तै भीएफबी स्टुट्टगार्टले अर्को खेल अक्टोबर १ मा स्पार्ट प्राहसँग खेल्ने तालिका रहेको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ