arrow

च्याम्पियन्स लिगमा बायर्नको गोलको वर्षा, ह्यारि केनले रचे कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २ बुधबार
harry-cane-bayern-24-9-17.jpg

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्यूनिखले शानदार शुरुआत गरेको छ । बायर्नले पहिले खेलमै गोलको वर्षा गरेको छ । बायर्नले डाइनामो जाग्रेबमाथि ९–२ को फराकिलो जित हासिल गर्यो । 

बायर्नका लागि ह्यारि केन एक्लैले ४ गोल गरे । केन च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने पहिलो इङ्गलिश खेलाडीसमेत बनेका छन् । 

उनले च्याम्पियन्स लिगमा ३३ गोल गरिसकेका छन् । त्यस्तै मिचेल ओलिसेले २ गोल गरे ।

त्यस्तै इङ्गलिश क्लब लिभरपुलले एसी मिलानलाई ३–१ ले हरायो । स्पोर्टिङ सीपीले लिलीलाई २–० ले हरायो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ