arrow

जम्मू कश्मीरमा पहिलो चरणको मतदान जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २ बुधबार
jammu-kashmir-assembly-election-2024.jpg

काठमाडौँ। भारतको जम्मु कश्मीरमा आज पहिलो चरणको विधान सभा चुनावको मतदान भइरहेको छ। जम्मु कश्मीरमा १८ सेप्टेम्बर, २५ सेप्टेम्बर र १ अक्टोबरमा तीन चरणमा मतदान हुँदै छ। 

आज पहिलो चरणको मतदानमा राज्यको कुल २४ विधानसभा सिटका लागि मतदान हुँदै छ। जसमध्ये १६ सिट कश्मीर र ८ सिट जम्मुका छन्।

धारा ३७० खारेजी पछि पहिलो पटक जम्मू कश्मीरमा विधानसभा चुनाव हुन लागेको छ। ५ अगस्त, २०१९ मा, अनुच्छेद ३७० खारेज गरेर, जम्मू कश्मीरको विशेष दर्जा हटाइएको थियो र दुई केन्द्र शासित प्रदेशहरू सिर्जना गरिएको थियो।

यी चुनावमा नेशनल कन्फ्रेन्स र काँग्रेस मिलेर राज्यका सबै ९० सिटमा दुवै राजनीतिक दलले संयुक्त प्रतिस्पर्धा गरिरहेका छन्। जबकि भाजपा र पीडीपी यस चुनावी मैदानमा एक्लै छन्। लोकसभा सांसद इन्जिनियर राशिदको पार्टी अवामी इत्तिहादले प्रतिबन्धित सङ्गठन जमात-ए-इस्लामीले समर्थन गरेको स्वतन्त्र उम्मेदवारहरूसँग गठबन्धनको घोषणा गरेको छ।

मतदानलाई मध्यनजर गर्दै राज्यमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ