arrow

पशुपतिमा सोह्र श्राद्ध [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २ बुधबार
pashupati-sorha-shradha.jpg

काठमाडौँ । बुधबारदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु भएको छ । सोह्रश्राद्ध शुरु भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्ध एवं पितृको नाममा तर्पण गर्नेहरूको भीड छ । बुधवार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहेको थियो । 

त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो । मूल वैदिक परम्पराअनुसारको तिथि पत्रमा पनि बुधवार नै प्रतिपदा उल्लेख छ । वैदिक परम्परामा तिथि टुट्दैन । एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ । 

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सत्य सनातन हिन्दु परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ । 

सोह्र श्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आस गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ