arrow

स्वास्थ्य सेवामा गौरीशंकर लाल दासको योगदान ऐतिहासिक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
gagan-thapa-21-03.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाजसेवा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदान भावी पुस्तासम्म पुर्‍याउनुपर्ने बताएका छन्।

गौरीशंकर लाल दासको रथारोहण तथा सुवर्णपुरा सम्मान समारोहलाई सम्बोधन गर्दै थापाले दासको दीर्घायुको कामना गर्दै स्वास्थ्य सेवामार्फत समाजमा पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने बताए।

उनले भावी पुस्ताले पनि आफ्नो गाउँ र समाजलाई गौरीशंकर लाल दासजस्ता समाजसेवी व्यक्तित्वको कर्मभूमिका रूपमा चिन्ने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरे।

थापाले सिराहाबाट स्वास्थ्य सेवामार्फत लामो समयसम्म समाजको सेवा गर्दै सकारात्मक सोच र प्रेरणादायी जीवन बिताएका दासको योगदानको संरक्षण र सम्मान गर्न सबैले आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वरिष्ठ चिकित्सक तथा समाजसेवी गौरीशंकर लाल दासले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान ऐतिहासिक रहेको बताइन्।

उनले वीर अस्पतालमा चिकित्सकीय सेवासँगै प्रशासनिक नेतृत्वसमेत सम्हालेर दासले स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्।

डंगोलका अनुसार नेपालको पहिलो दीर्घकालीन स्वास्थ्य सेवा योजना (लङ टर्म हेल्थ केयर) गौरीशंकर लाल दासकै नेतृत्वमा तयार भएको थियो।

उनले हालको स्वास्थ्य सेवा विस्तार पनि सोही योजनाको आधारमा अघि बढिरहेको बताइन्।

उनले चिकित्सा क्षेत्रसँगै मानव अधिकार, नेपाल रेडक्रसलगायत विभिन्न सामाजिक संस्थामार्फत पनि गौरीशंकर लाल दासले उल्लेखनीय योगदान पुर्‍याएको बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ