arrow

रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, 'क्लिन चिट' भन्नेहरू छट्टु हुन् - गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २ बुधबार
gagan-thapa-06-02-01.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाहिरबाटै सहकारी रकम ठगी गरेको पुष्टि भएको बताएका छन् । सहकारी भित्र बसेर भन्दा पनि बढी रकम बाहिरबाटै ठगी गरेको संसदीय छानबिन समितिको प्रतिवेदनले स्पष्ट देखाएको उनको दाबी थियो । बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले लामिछानेले आफूहरूले सोचेभन्दा धेरै करिब ६५ करोड ठगी गरेको पनि संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख गरिएको बताए ।

 उनले सो विशेष समितिमा रहेका रास्वपाका सांसद शिशिर खनालले लामिछानेले सहकारीमा ठगी गरेको स्वीकार गर्दै सो प्रतिवेदनमा हस्ताक्षर गरेर पनि बाहिर आएको क्लिन चिट पाएको भनेर छट्टु कुरा गरेको बताए । महामन्त्री थापाले पार्टी उपसभापति धनराज गुरुङ माथि पनि सहकारी ठगीको आक्षेप लागेको र त्यसको तथ्य पत्ता लगाउनका लागि आफूहरूले सरकारलाई भनेको पनि बताए । 

उनले भने, ‘सहकारी कानूनमा दफा १२२ ले के भन्छ भने सहकारीमा ठग्ने मानिसहरू दुई खालका छन् । एउटा आफैँ सहकारीमा बस्छ । सहकारीलाई ठग्छ । एउटा आफू सहकारीमा बस्दैन । बाहिर बस्छ । तर विभिन्न माध्यमबाट सहकारीलाई ठग्छ । त्यसैले सहकारीमा बसेर ठग्नेहरू पनि ठग नै हुन् । तर आफू सहकारीमा बस्दैनन्, बाहिर बस्छन् । कम्पनीमा बस्छन् वा केहीमा बस्छन् । तर सहकारीबाट पैसा लिएर जान्छन्, त्यो पनि ठग नै हो भनेर त्यो दफाले सहकारीमा बसेर पैसा दिने मात्रै होइन है, सहकारीको पैसा लिने पनि ठग हो । सहकारीमा बसेर ठग्नेहरू भन्दा पनि नबसेर ठग्नेहरू धेरै हुँदा रहेछन् । त्यसैले कानूनमा नै के लेखियो भने सहकारीमा बसेर ठग्नेहरू जति दोषी हो, सहकारी नबस्ने, तर पैसा लैजानेहरू पनि ठग हो है भनेर । यो पनि सहकारी कानून हो । हामीले सोचेको भन्दा कति धेरै रहेछ, रहेछ । हामीले जति गर्‍यो भनेर सोचेका थियौ, त्यो भन्दा कति कति । जस्तो उदाहरणको लागि सहकारी खोलेको छ । कम्पनी छ । त्यो कम्पनीमा सिधा चेक काटेर करोडौँ कुम्ल्याएको छ । यहाँ मेरो सिग्नेचर छैनन् भन्ने कुरा सुन्छु मैले । कसैको पनि सिग्नेचर छैन । ठगी कसरी गरिएको छ भने कसैले सिग्नेचरनै गरेको छैन । मज्जाले कम्पनी खोलेको छ । कम्पनीमा करोड, करोड आएको छ । अनि बसेर चेक काटिएको छ । चेक काटेपछि अहिले आएर के भनिएको छ भने त्यो करोड कहाँबाट आयो, मैले थाहा पाइन । चोक मैले काटेको हो । तर पनि म दोषी होइन भनेर भनिएको छ । तर सहकारीको यो समितिले त्यसो भनेन । इन्ट्रस्टिङ कुरा के छ भने त्यही सम्बन्धित पार्टीको सांसद साथी पनि यो समितिमा हुनुहुन्छ । उनले के लेख्नुहुन्छ भने मेरो पार्टीको श्रद्धेय सभापतिले कीर्ते गर्नु भएकाले कीर्तेमा उनलाई मुद्दा चलाउनु पर्दछ । मेरो पार्टीको श्रद्धेय सभापतिले ठग्नुभएको हुनाले गर्दा ठगीमा उनलाई मुद्दा चलाउनु पर्छ भनेर लेखेर सिग्नेचर गर्नुहुन्छ । अनि छट्टु भन्ने कि, के भन्ने ? बाहिर आएर ल मैले राम्रोसँग काम गरेर आएँ । तपाईँलाई एउटा पनि दोष लागेको देखिएन । तपाई आजदेखि क्लिन हुनुभयो भने पनि ताली पड्किन्छ । अर्कोले के भन्छ भने हाम्रो अध्यक्षजीले खानु मात्र भएको हो, अर्काले पस्केको आएको त हो नि भन्छ अर्कोले । एउटाले के भन्छ भने हाम्रो अध्यक्षजीले ६५ करोड खानु त भएको हो । तर सिधै खानुभएको होइन, घुमाएर खानुभएको हो । मैले हिजो सभामा हेरेँ । बकाइदा आफैँले लेखेर आउनुभएको छ । यो समितिको काम गर्ने काम ठिक छ । सर्वसम्मत यो प्रतिवेदन पास भएको छ । म माननीय ईश्वरी न्यौपाने, दिलेन्द्रप्रसाद बडू पार्टीबाट गएका साथीहरूलाई धन्यवाद दिन चाहन्छु । यो प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन लिएर जान्छ, लैजानुपर्दछ । यत्रो दुःख गरेर समितिले बनाएको छ । सरकारको जिम्मेवारी हो । सरकारले आफ्नो जिम्मेवारी पूरा गर्दा खेरी कुनै फरक पर्दैन । हाम्रै पार्टीका उपसभापतिबारे पनि सोधेको थिएँ । उन आफैँले संसद्को रोष्टममा उभिएर भन्नुभएको छ–क ममाथि अनुसन्धान होस् । सरकारले यसबारेमा थप अनुसन्धान गरोस्, गर्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ