arrow

पेजर र वाकीटकीबाट गराइएको विष्फोटमा ३२ को मृत्यु, ३५ सय घाइते, विमानस्थलमा प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
pager-wakitaki-explode.jpg

काठमाडौँ । मङ्गलबार र बुधबार लेबनानमा पेजर र वाकीटकी प्रयोग गरी भएको विस्फोटमा धेरैको मृत्यु भएको छ भने हजारौँँ घाइते भएका छन् ।

अब लेबनानको राजधानी बेरुतको राफिक हरिरी विमानस्थलबाट उड्ने सबै उडानहरूमा वाकीटकी र पेजरहरू प्रतिबन्ध लगाइएको छ ।  बेरुतमा अवस्थित यो एयरपोर्ट लेबनानको एक मात्र व्यावसायिक परिचालन एयरपोर्ट हो ।

लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले उड्डयन एजेन्सीलाई उद्धृत गर्दै यात्रुहरूलाई आफ्नो साथमा पेजर वा वाकीटकी जस्ता उपकरणहरू नल्याउन भनिएको छ । यदि तिनीहरूसँग त्यस्ता उपकरणहरू फेला परेमा तुरुन्तै जफत गरिनेछ ।

मंगलबार र बुधबारको विष्फोटमा परी अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ भने ३५ सय भन्दा बढी घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ