arrow

दश खेलाडीमा सीमित बार्सा मोनाकोसँग स्तव्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
barca-monako-24-9-19.jpg

काठमाडौँ । स्पेनिश क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग फुटबलमा खराब शुरुआत गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोना फ्रेन्च क्लब मोनाकोसँग २–१ गोल अन्तरले पराजित हुँदै च्याम्पियन्स लिगको नयाँ सिजनको खराब शुरुआत गरेको हो ।

यस खेलमा खेलको १०औं मिनेटमा नै एरिक ग्रसियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

मोनाकोको जितमा मागहनेस अकिलोउच र जर्ज इलेनीखेनाले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल लामिन यमलले गरेका थिए ।

बार्सिलोनाले अब अर्को खेल अक्टोबर २ मा योंग ब्वायजसँग खेल्ने तालिका रहेको छ भने मोनाकोले अर्को खेल डाइनामो जाग्रेबसँग अक्टोबर ३ मा खेल्ने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ