- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । रुसी अनलाइन रिटेलर वाइल्डबेरीजको कार्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ ।
साथै ७ जना घाइते भएको रुसी अनुसन्धान समितिले जनाएको छ । प्रारम्भिक जानकारीका अनुसार मस्कोको रोमानोभ लेनमा रहेको वाइल्डबेरीको कार्यालयमा गोली हानाहान भएको अनुसन्धान समितिले जनाएको छ ।
घटनास्थलमा पुगेका दुई कानून प्रवर्तन अधिकारीसहित सात जना घाइते भएका छन् । घाइते भएका दुई जनाको मृत्यु भएको छानबिन समितिले जनाएको छ ।
रुसको सबैभन्दा ठूलो अनलाइन रिटेलर वाइल्डबेरीजको स्वामित्व रुसी उद्यमी र खुद्रा विक्रेताका संस्थापक र सीईओ तात्याना बाकालचुकको छ ।
उनका पति भ्लादिस्लाव बाकालचुकको सह–स्वामित्व छ । २० देखि ३० जनाको समूह घटनास्थलमा आइपुग्यो र कार्यालय रहेको व्यापार केन्द्रको प्रवेशद्वारमा झ्यालहरू तोड्न थाले र केही समयपछि बन्दुकबारी शुरु भयो ।
गोलीबारीका कारण झन्डै ३० जनालाई हिरासतमा लिइएको कानून प्रवर्तन निकायले जनाएको छ । एजेन्सी