arrow

अचानक तापक्रम घटेसँगै भारी हिमपात

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
snow-mangolia.jpg

काठमाडौँ । मङ्गोलियामा अचानक तापक्रम घटेर हिमपात शुरु भएसँगै जनजीवन प्रभावित भएको छ । उत्तरमा खुभ्सगुल, सेलेन्गे, बुल्गान, ओर्खोन, र दारखान–उललगायतका प्रान्तहरू साथै पश्चिमी प्रान्तहरू जाभखान र खोभ्द र मध्य प्रान्तहरू तुभ, अर्खानगाइ र उवुरखानगाइमा हिउँ परेको छ । 

७ सेन्टिमिटरसम्म हिउँ परेको बताइएको छ । यस हिमपातले यी क्षेत्रहरूमा तापक्रम माइनस पाँच डिग्री सेल्सियसमा झरेको छ । मङ्गोलियाको मध्य र उत्तरी क्षेत्रहरू कृषिको लागि महत्त्वपूर्ण छन् । तर अचानक मौसम परिवर्तनले खेती र दैनिक जीवनमा यसको सम्भावित प्रभावहरूको बारेमा चिन्ता बढाएको छ ।

 मौसम अनुगमन एजेन्सीले जनतालाई, विशेष गरी घुमन्ते गोठालाहरू र किसानहरूलाई सम्भावित मौसम सम्बन्धी खतराहरू विरुद्ध थप सावधानी अपनाउन आग्रह गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ