arrow

प्रधानसेनापति सिग्देल र भारतीय राजदूत श्रीवास्तवबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
ashokraj-sigdel-navin-sriva.jpg

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । 

सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरूबीच आज भएको भेटमा द्वीपक्षीय हित एवं पारस्परिक सम्बन्धका विविध विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ  ।

यस किसिमका भेटले दुई देशबीच रहिआएको आपसी सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले विश्वास व्यक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ