arrow

रावलपिण्डीमा डेंगीको प्रकोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
dengue--ji-ha.jpeg

काठमाडौँ । पाकिस्तानको रावलपिण्डीमा डेंगीको सङ्क्रमण बढ्दै गएको छ । बिशेषगरी पोटोहार नगरको चक जलाल डिनलाई सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक रहेको अधिकारीहरूले जनाएका छन् । 

सङ्क्रमणको डरलाग्दो वृद्धिपछि स्वास्थ्य अधिकारीले चक जलाल डिनमा एउटा मोबाइल स्वास्थ्य इकाई स्थापना गरी भाइरसको फैलावट नियन्त्रण गर्न आकस्मिक सेवा सुरू गरेका छन् । 

पछिल्लो २४ घण्टामा ४४ जनामा डेंगीको सङ्क्रमण पुष्टि भएको छ भने यस क्षेत्रमा मात्र २२६ जनामा डेंगी को सङ्क्रमण पुष्टि भएको एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

जिल्ला स्वास्थ्य प्राधिकरणले डेंगीविरुद्ध अभियान चलाए पनि डेंगी सार्ने लामखुट्टेको सङ्क्रमण फैलिन नदिन गरिएका प्रयासहरू अपर्याप्त देखिन्छन् ।

 जिल्लाभर डेंगीका सङ्क्रमितको सङ्ख्या ५४३ पुगेको छ भने डेंगीसङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ । पोटोहार शहरमा पछिल्लो २० घण्टामा २५ जना नयाँ संक्रमित थपिएका छन् । 

यस क्षेत्रमा अन्य स्वास्थ्य समस्याहरू पनि चिन्ताको विषय बनेका छन्। यो क्षेत्रमा बर्षा ऋतुमा कङ्गो ज्वरोका दुई र औलोका ६५१ घटनाहरू रेकर्ड गरिएको छ भने जिल्लामा अहिलेसम्म मङ्कीपक्सको कुनै रिपोर्ट नआएको एक्सप्रेस ट्रिब्यूनले अधिकारीहरूलाई उद्धृत गरी समाचारमा उल्लेख गरेको छ । 

जिल्ला स्वास्थ्य प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत आसिफ अरबाब नियाजीले सरकारले सङ्क्रमण रोक्न पहल गरिरहेको तर नागरिक सतर्क रहन आवश्यक रहेको बताएका छन् । 

“सर्वसाधारणले अक्टोबर १५ सम्म सावधानी अपनाउनु पर्छ,” उनले भने । सङ्क्रमण फैलिन नदिनका लागि पानी जम्न नदिन, साँझपख झ्याल ढोका बन्द गर्न, लामो बाहुला भएको लुगा लगाउन र लामखुट्टेबाट टाढा रहनेजस्ता सावधानीलाई नियमित रूपमा अपनाउनुु पर्नेमा उनले जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ