arrow

प्रिमियर लिगमा लिभरपुल लयमा फर्किदै, आज म्यानसिटी र आर्सनलबीच भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
liverpool-24-9-21.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपुल लयमा फर्किदै गएको छ । गएराति भएको खेलमा बर्नमाउथमाथि ३–० को स्पष्ट जितसहित लिभरपुल शीर्ष स्थानमा पुगेको छ । 

लिभरपुललाई जिताउन लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे । 

अन्य खेलमा टोटनह्याम हट्सपरले ब्रेन्टफोर्डलाई, फुल्हमले न्यूकासल युनाइटेडलाई तथा एस्टन भिल्लाले वुल्भ्सलाई समान ३–१ ले हरायो । 

चेल्सीले वेस्टह्याम युनाइटेडलाई ३–० ले हराउँदा लेस्टर सिटी र एभर्टन तथा साउथह्याम्पटन र इप्सविच टाउनले १–१ गोलको बराबरी खेले । 

त्यस्तै क्रिस्टल प्यालेस र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेले । 

आजको महत्वपूर्ण खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा आर्सनलसँग खेल्दैछ । राति ९ः१५ बजे हुने यो खेल जित्दा म्यानसिटी शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा रहने छ भने आर्सनल जित्दा शीर्ष स्थानमा पुग्नेछ भने म्यानसिटीको अपराजित यात्रा टुंगिने छ । 

अंक तालिका
अंक तालिकामा लिभरपुल ५ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

एक खेल कम खेलेको म्यानसिटी १२ अंकबाटै दोस्रो तथा एस्टन भिल्ला ५ खेलबाट १२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

५ खेलबाट १० अंकसहित चेल्सी चौथो स्थानमा रहेको छ ।

आर्सनल १० अंकसहित पाँँचौँ तथा न्यूकासल युनाइटेड १० अंकसहित छैटौँ स्थानमा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ