arrow

अतिशीले लिइन् मुख्यमन्त्रीको शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
atishi-marlena-cm-delhi.jpg

काठमाडौँ । आम आदमी पार्टी (आप) की नेतृ आतिशी मार्लेना सिंहले शनिबार राज निवासमा आयोजित समारोहबीच दिल्लीको मुख्यमन्त्रीका रूपमा शपथ लिएकी छन् । 

आपका नेताहरू सौरभ भारद्वाज, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र मुकेश अहलावतले पनि आतिशी नेतृत्वको दिल्ली सरकारमा मन्त्रीपरिषद्को सदस्यका रूपमा शपथ लिएका छन् ।

सुष्मा स्वराज र शीला दीक्षितको पाइला पछ्याउँदै ४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनेकी हुन् । 

आम आदमी पार्टीकी एक प्रमुख नेता आतिशीले पूर्व शिक्षामन्त्री मनिष सिसोदियाको सल्लाहकारको रूपमा रहँदा दिल्लीका सरकारी विद्यालयहरूमा शिक्षा सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। 

निवर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनुपरेकोमा दुःखी भएको तर आफूमाथि आप नेताले गरेको विश्वासबाट आफू खुसी भएको शपथपछि नेतृत्व परिवर्तनबारे बोल्दै आतिशीले बताएकी छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ