arrow

वयस्क जंगली हात्ती मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
elephant-killed-bara-81-6-6.jpg

बारा । बाराको कोल्हवी नगरपालिका अन्तर्गत राष्ट्रिय जंगल छेउमा वयस्क जंगली हात्ती मृत फेला परेको छ । 

स्थानीय कोल्हबी नगरपालिका २ भलुवाही खोर जङ्गल छेउँमा जंगली हात्ती मृत फेला परेको हो । अहिले नेपाल प्रहरी , सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ।

घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख प्रहरी निरीक्षक किशन बस्नेतले घटनाको पुष्टि गरेका छन् । बस्नेतका अनुसार हात्तीको सुँढमा सामान्य खतसँगै केही रगतको टाटा देखिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय कोल्हबीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ