arrow

मोदीको पहलसँगै अमेरिकाले २९७ बहुमूल्य पुरातात्विक वस्तु भारतलाई हस्तान्तरण गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
modi-biden-24-9-21.jpg

काठमाडौँ । अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् । मोदी–बाइडेन भेटमा अमेरिकाले अमेरिकामा रहेका भारतका २९७ बहुमूल्य पुरातात्विक वस्तुहरू भारतलाई हस्तान्तरण गर्ने भएको छ । 

यी वस्तु तस्करी र अन्य गैरकानूनी माध्यमबाट अमेरिका पुगेको बताइएको छ । यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् ।

 यो जानकारी प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट एक्समा पोस्ट गरेका छन् । अमेरिकी राष्ट्रपतिसँगको तस्बिर सेयर गर्दै प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘सांस्कृतिक सम्बन्ध र सांस्कृतिक सम्पदाको अवैध तस्करीविरुद्धको लडाइलाई बलियो बनाइँदैछ । भारतमा २९७ अमूल्य पुरातात्विक वस्तुहरू फिर्ता सुनिश्चित गरेकोमा म राष्ट्रपति बाइडेनप्रति धेरै आभारी छु ।

यी प्राचीन वस्तुहरू ४००० वर्षसम्म पुराना छन् र २०००  ईसा पूर्व देखि १९०० ईस्वी सम्म भारतका विभिन्न क्षेत्रहरूसँग सम्बन्धित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ