arrow

सहकारी प्रकरणमा गोरखा मिडियाका पूर्व संचालक एवं पूर्व डीआईजी छविलाल जोशी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
chabilal-joshi-sahakari.jpg

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी एवं गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशी पक्राउ परेका छन् ।

जोशीलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रचलित कानून अनुसार कारबाही गर्न सिफारिस गरेको थियो । 

आज मात्रै गृहमन्त्री रमेश लेखकले प्रहरी प्रशासनलाई सहकारी छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ