arrow

सफल महिला उद्यमीहरु सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
mahila-udhami-samman.jpg

पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले सफल महिला उद्यमीलाई सम्मान गरेको छ । संघको नवौँ साधारणसभाको अवसरमा सफल महिला उद्यमीलाई सम्मान गरिएको हो ।

संघले नेपाली ढाका उद्योगकी सञ्चालिका मनमाया सुवेदीलाई उत्कृष्ट सफल महिला उद्यमी घोषणा गर्दै सम्मान गरेको छ ।

यस्तै, गण्डकी प्रदेशसभाकी संस्थापक सदस्य हङकङ व्यूटी ईन्स्टिच्यूटकी सञ्चालिका मीना गुरुङ, विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालिका सविता श्रेष्ठ रञ्जित, स्वस्तिक हस्तकला उद्योगकी सञ्चालिका सीता गुरुङ, ऋतु सौगातकी सञ्चालिका सुन्ता पुर्जा, कर्णाली गार्मेन्ट उद्योगकी सञ्चालिका गीतानाथ योगीलाई संघले सम्मान गरेको छ ।

संघले अतिथि झोला तथा गार्मेन्ट उद्योगकी सञ्चालिका पार्वती थापा बस्नेत, न्यू मिलिनियम एकेडेमीकी सञ्चालिका कृष्णकुमारी पहारी र पुष्पाञ्जली कस्मेटिक तथा श्रृंगारकी सञ्चालिका पुष्पा मरासिनीलाई पनि सम्मान गरेको अध्यक्ष सरु बरालले जानकारी दिइन् ।

साधारणसभामा नयाँ सदस्यलाई प्रमाण पत्र वितरण गरिएको थियो । सो अवसरमा व्यूटीपार्लरसम्बन्धी तीन महिने तालिममा सहभागी तथा लेवलिङ र प्याकेजिङ तालिममा सहभागीलाई पनि प्रमाणपत्र वितरण गरिएको अध्यक्ष बरालले जानकारी दिइन् ।

महिला उद्यमी संघको ७० जिल्ला शाखामध्ये सर्वोत्कृष्ट हुन सफल महिला उद्यमी संघ तनहुँलाई सम्मान गरिएको थियो । तनहुँ सर्वोत्कृष्ट हुँदा कास्की भने दोस्रो भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, महासचिव शोभा गौतम, पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया, पोखरा महानगर व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पोखरा चेम्वर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, महिला उद्यमी संघ कास्कीकी संस्थापक अध्यक्ष मीना गुरुङ, निवर्तमान अध्यक्ष पार्वती पौडेल रेग्मी, पर्यटन व्यवसायी महिला संघकी अध्यक्ष कमला गिरीलगायतले बोलेका थिए ।

संघ अध्यक्ष सरुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव बालकुमारी गुरुङले गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ