- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको संशोधित विधान २०८१ सर्वसम्मतिले पारित भएको छ ।
नेपाल तरुण दल केन्द्रीय समितिको भक्तपुरको लोकन्थलीमा शनिबार र आइतबार विद्वान गुरुङको अध्यक्षतामा बसेको बैठकबाट संघको संशोधित विधान २०८१ सर्वसम्मतिले पारित गरेको हो ।
गत चैत १५ र १६ गते बसेको दलको बैठकले पाचौँ महाधिवेशन सम्पन्न गर्न संघीय संरचना अनुरुप विधान संसोधन गर्ने निर्णय अनुरुप अध्यक्ष विद्वान गुरुङलाई समिति निर्माण गर्ने अधिकार दिएको थियो ।
गुरुङले केन्द्रीय सदस्यहरु मध्येबाट धनराज तुम्बापोलाई संयोजक, सदस्यहरुमा मुना भुषाल, कृष्ण रिजाल, विवेक न्यौपाने, लोकहरी पौडेल र कार्यालय मुख्य सचिव ठानप्रसाद पोख्रेल सदस्य सचिव रहने गरी विधान संसोधन मस्यौदा समिति गठन गरेका थिए ।
आइतबारको बैठकले रोल्पाका तत्कालीन रोल्पा नगर अध्यक्ष रोहित पुनलाई तरुण शहीद घोषणा गरेको छ । उसले सरकारसँग राष्ट्रिय शहीद घोषणा गर्न पहल गर्ने निर्णय गरेको छ ।