arrow

तेह्रथुमको संक्रान्ति बजारमा आगलागी , २० घर जलेर नष्ट

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष १ शुक्रबार
Fire_Brigade.jpg.jpeg
पाँचथर। तेह्रथुमको संक्रान्ति बजारमा लागेको आगलागी बाट २० वटा घर जलेर नष्ट भएका छन् । बद्री सेडाइँ, दिपेश सिटौला र रत्न तामाङसहित २० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । क्षतिको विवरण भने आउन वाँकी रहेको प्रहरीको भनाई छ ।
 
 अहिले जिल्ला प्रहरी कार्यालय पाँचथरबाट दमकल,तथा भैरवी दल गण फिदिमबाट ३ वटा गाडी,जिल्ला प्रहरी कार्यालय पाँचथर, हिमशिखर गुल्म फिदिम बाट पनि सुरक्षा निकाय तथा स्थानियको प्रयासमा आगो निभाउने प्रयास भइरहेको वताइएको छ ।
 
अग्नी सेडाइँको घरबाट सल्किएको आगोले छन् । संक्रान्ति बजारको एक भागबाट सुरु भएको आगलागी अहिले बाटोको दुबैतर्फ फैलिएको छ । आगलागीबाट थप क्षति हुन नदिन आआफ्ना घरबाट सबै सामान बाहिर निकाल्न प्रहरीले अपिल गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ