arrow

श्रीलङ्काको राष्ट्रपतिमा दिसानायका, आज शपथ लिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
srilanka-election--presiden.jpg
तेस्रोमा दिसानाय

काठमाडौँ । श्रीलङ्काको निर्वाचन आयोगले आइतबार पूर्वमार्क्सवादी राजनीतिज्ञ अनुरा कुमारा दिसानायका मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । 

उनी दोस्रो चरणको मतगणनापछि श्रीलङ्काको नवौँ राष्ट्रपति भएका हुन्। दिसानायकाले सोमबार बिहान कोलम्बोको औपनिवेशिक कालको राष्ट्रपति सचिवालयमा शपथ लिने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । 

पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएको आयोगले जनाएको छ । 

विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहे।

सन् २०२२ को आर्थिक पतनको चरम अवस्थामा पदभार सम्हालेका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गरेका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशत मात्र मत पाए । 

विक्रमासिङ्घेले अहिलेसम्म पराजय स्वीकार गरेका छैनन् तर विदेशमन्त्री अली साब्रीले दिसानायका विजयी भएको स्पष्ट भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ