arrow

बार्साको लगातार छैटौँ जित, शीर्ष स्थान मजबुत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
barcelona-24-9-22.jpg

काठमाडौँ । स्पेनिश ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार छैटौँ जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले भिल्लारियललाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्साको जितमा रोबेर्ट लेवानडोस्की र राफिन्हाले २–२ गोल गरे भने पाब्लो टोरेले एक गोल गरेका थिए । त्यस्तै भिल्लारियलका लागि एक गोल आयोज पेरेजले गरेका थिए ।

गएरातिका अन्य खेलमा गेटाफेले लेगनेससँग १–१ गोलको बराबरी खेल्दा एथलेटिक क्लबले सेल्टाभिगोलाई ३–१ ले हरायो । रायो भाएकानो र एथलेटिको मड्रिडबीचको खेल भने १–१ गोलको बराबरीमा रोकियो ।

यो जितपछि बार्सिलोनाको ६ खेलमा १८ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम छ । त्यसैगरी भिल्लारियलको ६ खेलमा ११ अंक रहेको छ र लिगमा पाँचौँ स्थानमा छ ।
  
रियाल मड्रिड १४ र एथलेटिक क्लब १३ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । चौथो स्थानको एथलेटिको मड्रिडको १२ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ