arrow

पक्राउ पर्ने डरले रास्वपा कार्यालयमा

रविको प्रधानमन्त्री ओलीलाई आग्रह – न्यूयोर्कबाट आँखा नसन्काउनुस्, फर्केर आउनुस् म रुम मिलाउँछु 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
kp-oli-ravi-lamichhane.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मध्यरातमा अमेरिकी भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी शैलीमा न्यूयोर्कबाट आँखा नसन्काउन भनेका छन् ।

गएराति सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सहकारी पीडितको मुद्दामा न्याय दिलाउने वास्तविक चाहना भए छलफलमा आउन आग्रह गरेका छन् ।

लामिछानेले भनेका छन्, ‘न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु,फर्केर आउनुस् , बसेर कुरा गरौँ, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि ।’

आइतबार गोर्खा मिडिया ग्रुपका पूर्व सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी सहकारी बचत अपचलन प्रकरणमा पक्राउ परेपछि लामिछाने पनि पक्राउ पर्ने हल्ला चलेपछि रास्वपाभित्र खलबली मच्चिएको थियो ।

पक्राउ पर्ने खबर मिडियामा एक पछि अर्को गर्दै आएपछि वनस्थलीस्थित पार्टी कार्यालयमा शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । छलफलपछि केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफू नडराउने भन्दै पक्राउ गरे प्रतिवाद गर्ने घोषणा गरेका थिए ।

यसैबीच उपसभापति डा. स्वर्णिम वाग्लेसहित चीन गएको १० नेताको टोलीलाई पनि रास्वपाले जति सक्दो छिटो देश फर्किन निर्देशन दिएको छ । वाग्लेसहितको टोली आज काठमाडौँ आइपुग्ने बताइएको छ ।

संसदको सहकारी छानबिन गर्न गठित समितिले गोरखा मिडिया प्रालिमा सहकारीको लगानी रहेको भन्दै चार जनालाई कारबाहीको सिफारिस गरेको थियो । सोही प्रकरणमा गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछाने पनि मुछिएका हुन् । उनलाईसमेत कारबाही गर्न समितिले सिफारिस गरेको थियो । 

पूर्व सञ्चालक जोशीलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ