arrow

आर्सनलसँग हारबाट जोगियो म्यानसिटी, शतप्रतिशत नतिजामा पूर्णविराम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
mancity-arsenal-24-9-22.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको शतप्रतिशत नतिजामा पूर्णविराम लागेको छ । घरेलु मैदानमै म्यानसिटीलाई आर्सनलले बराबरीमा रोकेको हो । 

गएरातिको खेलमा म्यानचेस्टर सिटीले खेलको अन्तिम मिनेटमा गोल गर्दै आफूलाई हारबाट बचाएको हो । दुवै क्लब २–२ को बराबरीमा रोकिएपछि एक एक अंक बाँडेका थिए । खेलको इन्जुरी समयको ९८औँ मिनेटमा सिटीले गोल गर्दै खेल बराबरी गरेको थियो ।

सिटीका लागि जोन स्टोन्सले बराबरी गोल गरेका थिए । त्यसअघि सिटीका लागि इर्लिंग हलाण्डले पहिलो गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि रिकार्डो कालाफिओरी र गाब्रियल मागलहाएजले एक एक गोल गरेका थिए ।

त्यस्तै आर्सनलका लिन्द्रो ट्रोसार्डले पहिलो हाफको अन्त्यमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छोडेपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।

यो बराबरीपछि म्यानचेस्टर सिटीको ५ खेलमा १३ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम छ । त्यसैगरी आर्सनलको ५ खेलमा ११ अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।
      
पाँचौँ चरणको समाप्तिपछि लिभरपुल १२ अंकसहित दोस्रो तथा एस्टन भिल्ला १२ अंकबाटै तेस्रो स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ