arrow

राम वनवास जाँदा भरतले रामको खराउ राखेर सत्ता चलाए, दिल्लीकी मुख्यमन्त्री आतिशीले कुर्सी खाली राखेर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
atishi-marlana-cm-delhi-2024.jpg

काठमाडौँ । भारतको नयाँदिल्लीकी मुख्यमन्त्री आतिशी मरलानले आजदेखि आफ्नो कार्यभार सम्हालेकी छिन् । तर कार्यभार सम्हाल्ने क्रममा उनले मुख्यमन्त्रीको कुर्सी खाली राखेर अर्को कुर्सीमा बसेपछि विवादित बनेकी छिन् ।

आतिशीले दिल्लीको मुख्यमन्त्रीको रुपमा आफूले अरविन्द केजरीवाललाई नै मान्ने भन्दै चार महिना उनको नाममा आफूले मुख्यमन्त्री चलाउने बताएकी छिन् । उनले राम १४ वर्ष वनवास जाँदा भरतले रामको खराउ मागेर सत्ता चलाए जस्तै आफूले खाली कुर्सी राखेर चार महिना मुख्यमन्त्री चलाउने बताएकी छिन् ।

आतिशीको यो कदमको भारतीय जनता पार्टीले आलोचना गरेको छ । भाजपा सांसद मनोज तिवारीले दिल्लीको मुख्यमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आतिशीको भनाइको खिल्ली उडाएका छन् । 

तिवारीले आतिशीले आफूलाई मुख्यमन्त्री नै नमानेको र यसको अनेक अर्थ लाग्ने बताएका छन् । बीजेपीले आतिशी र केजरीवालले दिल्लीलाई लालु–राबडी मोडल र सोनिया–मनमोहन मोडेलमा चलाउन चाहेको भन्दै आलोचना गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ