arrow

सुजनको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको फराकिलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
u-17nepal-81-6-7.jpg

काठमाडौँ ।  साफ यू –१७ च्याम्पियनशिप अन्तर्गत नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा  नेपालले  श्रीलंकालाई ४– ० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए ।

प्रतियोगितामा नेपालले यसअघि शनिबार सम्पन्न पहिलो खेलमा पाकिस्तानसँग १–० गोलको हार बेहोरेको थियो । अब नेपालले अर्को खेल भुटानसँग बुधबार खेल्ने तालिका रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ