arrow

राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ : ईश्वर पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
ishwor-pokharel.jpg
फाइल तस्बिर

सिन्धुली । नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । 

प्रेस चौतारी नेपाल, सिन्धुलीले सोमबार सिन्धुलीमाडीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अगाडि बढ्ने बताए । 

भने, “अहिले देशमा देखिएको सङ्कटलाई थप बढ्न दिनु हुँदैन । अबको अवस्थामा होस् नपुराए देशलाई कसरी बचाउने भन्ने गम्भिर प्रश्न आउँछ । त्यस कारण पनि राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ । एमालेलाई हामी निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गछौँ ।”

एमाले निर्णयक राष्ट्रिय शक्ति बनेर अरु राष्ट्रिय शक्तिलाई राष्ट्रको स्वाभिमान, स्वतन्त्रता, स्वाधिनता, अखण्डको पक्षमा उभ्याउने उनको भनाइ थियो । 

यसैबीच उनले नेपालमा कांग्रेस र कम्युनिष्टको दुई आयामिक सम्बन्ध रहेको उल्लेख गरे ।

अफ्ट्यारो र सङ्कटको अवस्थामा सहकार्यको परम्परा र राज्य सञ्चालनमा प्रतिस्पर्धा हुने गरेको विचार व्यक्त गरे ।

‘अहिले सङ्कट टार्न र मुलुकको परिस्थिति थप नविग्रियोस् भन्नका लागि एक ठाउँमा आएर साझा सहमतिका साथ अगाडि जानुपर्छ भनेर अहिलेको समीकरण बनेको हो”, नेता पोखरेलले भने ।

उनले भने, “अब आउने निर्वाचनमा प्रतिस्पर्धा गर्दैनौँ भन्ने होइन, हामी चुनाव हुनुअघि नै गठबन्धनको पक्षमा हुन्नौँ । यो हाम्रो क्लिएर धारणा छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ