arrow

द्वन्द्वको सबैभन्दा घातक दिन : लेबनानमा इजरेली आक्रमण, ४९२ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
israel-palestine-lebanon-co.jpg

काठमाडौँ ।  लेबनानको स्वास्थ्य मन्त्रालयले लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी तीव्र र व्यापक इजरेली हवाई हमलामा कम्तीमा ४९२ जनाको मृत्यु भएको बताएको छ । 

लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले सोमबार लेबनानमा इजरेली आक्रमणमा मर्नेहरूको सङ्ख्या ४ सय ९२ पुगेको बताए । यसमा २१ जना बालबालिका छन् । हजारौँ परिवार बमबारीबाट भागेका छन् ।

जुन त्यहाँ झन्डै २० वर्षमा द्वन्द्वको सबैभन्दा घातक दिन हो। अबियादले पत्रकार सम्मेलनमा भने, “लक्षित क्षेत्रहरूबाट हजारौँ परिवार विस्थापित भएका छन् ।”

उनका अनुसार हिजबुल्लाह पेजर र वाकी–टाकीहरू विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरेली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए ।

प्यालेस्टिनी लडाकू समूह हमासले इजरेलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध शुरु भएको थियो । यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरू हिंसामा तानिएका थिए ।

इजरेलले सोमबार दर्जनौँ आक्रमणमार्फत तीन सयभन्दा बढी हिजबुल्लाह स्थलमा प्रहार गरेको बताएको छ । हिजबुल्लाहले भने उत्तरी इजरेलका तीन स्थानलाई लक्षित गरेको बताएको छ ।

मृतक र घाइतेहरूमा बालबालिका, महिला र स्वास्थ्यकर्मीहरू पनि छन् । विश्व शक्तिहरूले इजरेल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् । 

पछिल्ला दिनहरूमा हिंसाको केन्द्र गाजासँगको इजरेलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्र रूपमा सरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ