arrow

किंग कपमा रोनाल्डो बिना नै अल नासर विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
alnasar-24-9-23.jpg

काठमाडौँ । अल नासर किंग कप अफ च्याम्पियन्स फुटबलको राउण्ड १६ मा पुगेको छ ।

गएराति सम्पन्न खेलमा अल नासरले अल हाजमलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको राउण्ड १६ मा पुगेको हो ।

अल नासरको जितमा साडियो माने र नवाफ बोउशालले एक–एक गोल गरेका थिए । त्यस्तै अल हाजमका लागि बसिल योसेफ अल्सायालीले एक गोल गरेका थिए ।

यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डोलाई भने आराम दिइएको थियो ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ