arrow
ADVERTISEMENT

रास्वपा नेतृको उजुरीमा पक्राउ परेका दुर्गा प्रसाईको समर्थनमा प्रदर्शन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
durga-prasai-suporters-7-8.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेतृको उजुरीमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईको समर्थनमा माइतीघरमा प्रदर्शन भएको छ । 

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाई पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । 

सो क्रममा प्रदर्शनकारीले मुखमा कालो टेप लगाएर प्रदर्शन गरेका छन् ।

राप्रपाकी नेतृ ज्वाला संग्रौलाले दिएको उजुरीको आधारमा प्रसाईलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । उनलाई विद्युतीय कारोबार कसूरमा पक्राउ गरिएको साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बताएका थिए ।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि संग्रौलाले उजुरी दिएकी थिइन् ।  सोही उजुरीका आधारमा साइबर व्युरोले भक्तपुर प्रहरीको सहयोगमा सोधपुछका लागि नियन्त्रणमा लिएको हो । 

प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । १० दिनको माग गरिएको भए पनि तीन दिनमात्र दिइएको हो ।

साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै काठमाडौँ जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो । यसैबीच उनलाई अदालत ल्याउँदा नाराबाजी गर्ने ४ जनालाई प्रहरीले आइतबार गिरफ्तार गरेको थियो । 

प्रसाईंमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने ब्युरोको तयारी छ ।

‘उनीविरुद्ध दफा ४७ आकर्षित हुने प्रहरीले जनाएको छ । दफा ४७ मा ‘कम्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्धेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीच सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ’ उल्लेख गरिएको छ । 

४७ को उपदफा २ अनुसार यो कसूर पटक पटक गरेमा त्यस्तो कसूर वापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुने छ ।

सोमबार पनि माइतीघर मण्डलामा दुर्गा प्रसाई पक्राउको विरोधमा प्रदर्शन भएको थियो । 

durga-prasai-81-6-8aaaa (1).jpg
durga-prasai-81-6-8aaaa (2).jpg
durga-prasai-81-6-8aaaa (3).jpg
durga-prasai-81-6-8aaaa (4).jpg
durga-prasai-81-6-8aaaa (5).jpg
durga-prasai-81-6-8aaaa (6).jpg
durga-prasai-81-6-8aaaa (7).jpg
durga-prasai-81-6-8aaaa (8).jpg
durga-prasai-81-6-8aaaa (9).jpg
durga-prasai-81-6-8aaaa (10).jpg
durga-prasai-81-6-8aaaa (11).jpg
durga-prasai-81-6-8aaaa (12).jpg
durga-prasai-81-6-8aaaa (13).jpg
durga-prasai-81-6-8aaaa (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ