arrow
ADVERTISEMENT

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्ने आदेश दिन सर्वोच्चबाट अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
durga-prasai-81-6-6-court.jpg

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ । प्रसाईंको गिरफ्तारीविरुद्ध उनका छोरा निरज प्रसाईंले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रसाईंको गिरफ्तारीविरुद्ध परेको रिटमा सुनुवाई गर्दै थुनामुक्तको आदेश दिन इन्कार गरेको हो । सो रिटमा सरकारको नाममा कारण देखाउ आदेश भने जारी भएको छ ।

प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईंलाई अदालतको अनुमति लिएर प्रहरीले पक्राउ गरेको हो । 

उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ